Date

सोम, असार २३, २०८२
Mon, July 7, 2025

पूर्वाधार विकास बैंकले अब तीन करोड रूपैयाँसम्म कर्जा लगानी गर्न सक्ने

पूर्वाधार विकास बैंकले अब तीन करोड रूपैयाँसम्म कर्जा लगानी गर्न सक्ने

काठमाडाैं, १२ कार्तिक ।नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकले गर्ने लगानीको सीमालाई सहज बनाएको छ । राष्ट्र बैंकले आइतबार नयाँ निर्देशन जारी गर्दै १० करोडभन्दा बढी मात्र लगानी गर्नसक्ने व्यवस्थालाई संशोधन गरी ३ करोड कायम गरेको हो।

याे सँगै निफ्राले प्रादेशिक एवम् स्थानीय तहका सरकारहरूको अगुवाईमा सार्वजनिक निजी साझेदारीमा खानेपानी तथा सरसफाइ परियोजनामा तीन करोड रूपैयाँसम्म कर्जा लगानी गर्न सक्ने भएको छ।

यसअघि  सामान्यतः पूर्वाधार बैंकले ३० करोड रूपैयाँभन्दा कमका परियोजनामा कर्जा लगानी गर्न नपाइने तथा न्यूनतम १० करोड रूपैयाँसम्मका यस्ता परियोजनामा मात्रै कर्जा लगानी गर्न सक्ने व्यवस्था थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *