धनतेरसलाई लक्षित गर्दै चाँदीका सिक्का बिक्री सुरु
काठमाडाैं, १२ कार्तिक । नेपाल राष्ट्र बैंकले तिहार (धनतेरस)_ लाई लक्षित गर्दै चाँदीका सिक्का (मेडालियन) बिक्री सुरु गरेको छ । राष्ट्र बैंक टक्सार महाशाखाले सिक्का बिक्री सुरु गरेको हो । राष्ट्र बैंकले चाँदीको सिक्का १० ग्राम र २५ ग्रामको बिक्रीमा ल्याएको छ ।सिक्का बिहान ११ बजेदेखि मध्यान्न ४ बजेसम्म सिक्का किन्न सकिने छ ।
एउटा व्यक्तिले बढीमा पाँच थान (गाई अंकित २५ ग्राम र १० ग्राम, लक्ष्मी अंकित १० ग्राम, गणेश अंकित १० ग्राम र गजलक्ष्मी अंकित १० ग्राम) चाँदीका सिक्का खरिद गर्न पाउने सिक्का बिक्रीका लागि राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।
यसपालि नागरिकले एउटाभन्दा बढी सुनको सिक्का(असर्फी) भने खरिद गर्न पाउने छैनन्। असर्फी बनाउन चाहिने गुणस्तरको सुन (९९९.९९ टच) अभाव भएकाले पर्याप्त मात्रामा उपलब्ध गराउन नसकिएको राष्ट्र बैंकले जनाएको छ ।
यद्यपि आफूसँग स्टकमा रहेको असर्फी बिक्रीका लागि राष्ट्र बैंकले कात्तिक १३ गते (मंगलबार) मिति तोकेको छ ।