२७ अङ्कले बढ्यो नेप्से, ५ अर्ब ३४ करोड रुपैयाँको कारोबार
काठमाडाैं, १२ कार्तिक । नेपाल स्टक एक्सचेञ्ज नेप्से साेमबार दाेहाेराे अंकले बढेकाे छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ४१ अङ्कले बढेर दुई हजार ६ सय ४५ दशमलव ३६ विन्दुमा पुगेको छ ।
यसदनि तीन सय सात वटा कम्पनीका एक करोड चार लाख कित्ता शेयर पाँच अर्ब ३४ करोड रुपैयाँमा कारोबार भएका छन् ।
आज जानकी फाइनान्स र दोल्ती पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर भने सबैभन्दा धेरै ६ प्रतिशतले घटेको छ ।