मोबाइल बैंकिङ्गका ग्राहकको संख्या ४० लाख

काठमाडौ,२८ असार । नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ्ग ग्राहकको संख्या ४० लाख पुगेको जनाएको छ । यस्तै इन्टरनेट बैकिङ्गका ग्राहकको संख्या सात लाख ८४ हजार छ । बैंकबाट जारी भएका डेबिट कार्डको संख्या ५२ लाख ३५ हजार तथा क्रेडिट कार्डको संख्या ९७ हजार रहेको जनाएको छ ।
यसैगरी चालु आवको जेठ मसान्तसम्ममा वाणिज्य बैंकहरुको शाखा संख्या ६ हजार ४ सय १८ पुगेको छ । आगामी आवका लागि मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले विकास बैंकको ९ सय ५१, वित्त कम्पनीको १ सय ८३ र लघुवित्त संस्थाको दुई हजार ३ सय ६५ गरी कुल शाखा ६ हजार ४ सय १८ पुगेको जानकारी दिएका हुन । अहिले बैंक तथा वित्तीय संस्थाको प्रति शाखाबाट औसतमा झण्डै चार हजार ४ सय ९० जनसंख्याले सेवा प्राप्त गर्न सक्ने देखिएको छ । संघीय व्यवस्थाअन्तर्गत गठित ७५३ स्थानीय तहमध्ये यस आवको असार २४ गतेसम्म ५ सय ५६ तहमा वाणिज्य बैंकको उपस्थिति पुगेको छ । यो आर्थिक वर्षको वैशाख मसान्तसम्म वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुमा रहेको निक्षेप खाता संख्या दुई करोड २५ लाख तथा कर्जा खाता संख्या १२ लाख ८७ हजार पुगेको छ । त्यस्तै, एटिएम संख्या दुई हजार ६२४ रहेको छ ।