बिहीबार ३१.३१ अंकले घट्याे नेप्से, ८ अर्ब २५ करोडकाे काराेबार
काठमाडौं, ६ मंसिर । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३१.३१ अंकले घटेको छ । आज सेयर बजार मापक नेप्से १.१५ प्रतिशतले घटेर २६ सय ८०.४४ विन्दुमा झरेको छ ।
आज कारोबार रकम भने सामान्य बढेको छ । यसदिन बजारमा १ करोड ८४ लाख कित्ता सेयर किनबेच हुँदा ८ अर्ब २५ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । हिजो एक करोड ५४ लाख कित्ता शेयर ७ अर्ब ९ करोड रुपैयाँमा किनबेच भएको थियो ।
आज बजारमा कारोबार भएका कुल २४४ वटा कम्पनीमध्ये १९७ कम्पनीको सेयर मूल्य घटेको छ भने ४३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने चार वटाको मूल्य स्थिर रहेको छ ।
यस दिन सामुदायिक लघुवित्त र त्रिस्टार हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक १०/१० प्रतिशतले बढेको छ भने जानकी फाइनान्सको शेयर मूल्य १० प्रतिशतले घटेको छ ।