Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

सेयर बजारबाट कात्तिकमा उठ्याे ७५ करोड ८७ लाख ८१ हजार रुपैयाँ पुँजीगत लाभकर

सेयर बजारबाट कात्तिकमा उठ्याे ७५ करोड ८७ लाख ८१ हजार रुपैयाँ पुँजीगत लाभकर

काठमाडौं, ६ मंसिर । चालु आर्थिक वर्ष २०८१/८२ को कात्तिक महिनामा शेयर कारोबारबाट ७५ करोड ८७ लाख ८१ हजार रुपैयाँ पुँजीगत लाभकर उठेको छ ।

शेयर कारोबारमा भएको नाफाबाट लगानीकर्ताले सरकारलाई सो बराबरको पुँजीगत लाभकर तिरेका हुन । सिडिएस एन्ड क्लियरिङ लिमिटेडबाट प्राप्त कात्तिक महिनाको तथ्यांकले यस्तो देखाएको हो ।

कात्तिकमा व्यक्तिगततर्फ दीर्घकालिन कारोबारबाट २६ करोड २३ लाख ८७ हजार रुपियाँ र अल्पकालिन कारोबारबाट ४१ करोड ७४ लाख ५४ हजार रुपियाँ यस्तो कर उठेको छ ।

यसैगरि संस्थागत शेयर कारोबार अन्तरगत सात करोड ८७ लाख २० हजार रुपियाँ र स्टक डिलरले गर्ने कारोबारबाट दुई लाख १९ हजार रुपियाँ कर उठेको तथ्यांकमा उल्लेख छ ।

चालु आवको पहिलो चार महिनामा भने आठ अर्ब १६ करोड २६ लाख रुपियाँ यस्तो पुँजीगत लाभकर उठेको छ । तथ्यांकअनुसार गत साउनमा चार अर्ब २३ करोड ७८ लाख रुपियाँ पुँजीगत लाभकर उठेको थियो । यसैगरि भदौमा दुई अर्ब ५७ करोड ९४ लाख ८० हजार रुपियाँ, असोजमा ५८ करोड ६५ लाख ४० हजार रुपियाँ र कात्तिकमा ७५ करोड ८७ लाख ८१ हजार रुपियाँ पुँजीगत लाभकर उठेको सिडीएससीको तथ्यांकमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x