Date

शनि, भदौ २८, २०८२
Sat, September 13, 2025

मौद्रिक नीतिको प्रभाव सेयर बजारमा देखिएन, परिसूचक १३ अंकले घट्यो

मौद्रिक नीतिको प्रभाव सेयर बजारमा देखिएन, परिसूचक १३ अंकले घट्यो

काठमाडौं, २८ असार । साताको अन्तिम कारोबार दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार १३.६६ अंकले घटेर ११९१.९८ बिन्दुमा झरेको छ।

नेपाल राष्ट्र बैंकले हिजो सार्वजनीक गरेको आगामी आर्थिक वर्ष २०७५÷०७६ को मौद्रिक नीति सेयर बजारप्रति सकारात्मक देखिए पनि बजारमा भने खासै प्रभाव परेन । मौद्रिक नीति लगानीकर्ताको हित अनुकुल रहेकाले सेयर बजारमा त्यसको सकारात्मक प्रभाव पर्ने विश्लेषण गरिएको थियो । तर आज परिसूचकसँगै कारोबार रकममा पनि हिजोको तुलनामा दुई करोडले कम भयो ।

आज उत्पादन तथा प्रशोधन समूहको परिसूचक २.८ अंकले बढेपनि अन्य सबै समूहको परिसूचक घटेको छ । सबैभन्दा बढी बीमा समूहको परिसूचक १०७.५८ अंकले घटेको छ ।

त्यस्तै १ सय ६५ कम्पनीको १७ लाख २० हजार ८ सय ८० कित्ता सेयर ४५ करोड ४४ लाख रुपैयाँ बराबरमा कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *