Date

बुध, पुस २४, २०८१
Wed, January 8, 2025

सेजनको २८ औं वार्षिकोत्सव सम्पन्न, अर्थमन्त्रीले भने- साख मूल्यांकनको नतिजालाई अवसरमा बदलौं

सेजनको २८ औं वार्षिकोत्सव सम्पन्न, अर्थमन्त्रीले भने- साख मूल्यांकनको नतिजालाई अवसरमा बदलौं

काठमाडाैं, १६ मंसिर । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८ औं वार्षिकोत्सव सम्पन्न भएको छ। सेजनले शनिबार काठमाडौंमा आयोजना गरेको वार्षिक उत्सव समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मुलुकको सार्वभौम साख मूल्यांकनबाट पाएको नतिजा नेपालका लागि गौरवको विषय रहेको भन्दै यो सम्भावनालाई नतिजामा बदल्नु आवश्यक रहेको बताए। यस्तै अर्थतन्त्रमा सकारात्मक सुधारका संकेत देखापरेको भन्दै उहाँले निजी क्षेत्रको मनोबल उकास्न व्यावसायिक वातावरण बन्नुपर्ने र राजनीतिक अस्थिरता त्यसको बाधक रहेको धारणा व्यक्त गरे ।

यस्तै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधारका लागि मौद्रिक नीति मात्र जिम्मेवार नभई अन्य क्षेत्रको पनि भूमिका महत्वपूर्ण रहने बताए । मुलुकको आर्थिक र वित्तीय अवस्था विगतको भन्दा फरक नभएकाले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा कुनै प्रावधान संशोधन नभएको पनि उनको भनाइ छ ।

कार्यक्रममा नीजि क्षेत्रका प्रतिनीधिहरुले अर्थतन्त्रका केही सूचक सकारात्मक देखिए पनि निजी क्षेत्रको मनोवल उठ्न नसकेको भन्दै यसमा काम गर्न सरकारलाई सुझाव दिए।

यसैगरी नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले अप्ठ्यारो परिस्थितिमा पनि नेपालले राम्रो कन्ट्री रेटिङ पाएको भन्दै यो अवसर उपयोग गर्नुपर्ने र यस स्तरलाई निरन्तरता दिनु चुनौतीका रूपमा रहेको बताए ।

वार्षिकोत्सवका अवसरमा सेजन अवार्ड २०८१ सहित अन्य विभिन्न विधामा समेत आर्थिक पत्रकारलाई पुरस्कृत गरिएको छ । यस्तै सो अवसरमा स्वर्गीय सागर घिमिरे स्मृति फुटसल प्रतियोगिताका विजेता टोलीहरूलाई समेत नगद पुरस्कार दिइएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x