Date

बुध, मंसिर १९, २०८१
Wed, December 4, 2024

१७.८० अंकले बढ्याे नेप्से, साढे ८ अर्बकाे काराेबार

१७.८० अंकले बढ्याे नेप्से, साढे ८ अर्बकाे काराेबार

काठमाडौं, १८ मंसिर । मंगलबार नेपाल स्टक एक्सचेञ्ज नेप्से १७.८० अंकले बढेको छ । आज सेयर बजार मापक नेप्से परिसुचक ०.६४ प्रतिशतले बढेर २ हजार ७ सय ७५ बिन्दुमा पुगेको छ।

यस दिन १ करोड ८१ लाख ६० हजार ६३४ कित्ता सेयर ८ अर्ब ५२ करोड १२ लाख १९ हजारमा कारोबार भएको छ । गत सोमबार २ करोड ३० लाख ११ हजार ३६१ कित्ता सेयर १० अर्ब ५४ करोड १७ लाख ४६ हजारमा कारोबार भएको थियो ।

आज कारोबार भएको बजारमा १४२ कम्पनीको सेयर मुल्य बढेको छ भने ९७ वटा कम्पनीको सेयर मुल्य घटेको छ । यस्तै ५ सेयरको मूल्य स्थिर रहेको छ।

यसदिन दिव्येश्वरी हाइड्रोपावर र इन्ग्वा हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने खानिखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर डेभलोपमेन्ट र सुपर माडी हाइड्रोपावरको सेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ ।

यसैगरि आज अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडो सेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।

आज फाइनान्स उपसुचक, हाइड्रोपावर उपसुचक, जीवन बिमा, म्युचुअल फंड, उत्पादन र प्रशोधन, व्यापार उपसुचक, अन्य उपसुचकहरु बढेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x