तलवभत्ता नपाए पछि स्वास्थ्यकर्मी आन्दोलित
पश्चिम नवलपरासी, २९ असार । विगत तीन महिना देखी तलब भत्ता नपाएको जनाउदै पश्चिम नवलपरासीका स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन् । पश्चिम नवलपरासीका ७ वटा स्थनिय तह रहेको पश्चिम नवलपरासी अन्तर्गतको सरावल र सुस्ता गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुले पछिल्लो तिन महिनाको तलब भत्ता पाएका छैनन् । बैशाख जेठ र असार महिनाको तलब भत्ता वाकी रहेकोले आन्दोलनमा उत्रिन परेको पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका स्वास्थ्य सह संयोजक बाबुराम तिमिल्सीनाले बताए । यस अघि जाजरकोट जिल्ला अस्पतालका कर्मचारी पनि विगत पाँच महिना देखि तलव भत्ता नापाएको भनि आन्दोलनमा उत्रिएका थिए ।