१२.८४ अंकले घट्याे नेप्से, ५ अर्बकाे काराेबार

काठमाडौं, २४ मंसिर । सोमबार नेपाल स्टक एक्सचेञ्ज नेप्से १२.८४ अंकले घटेको छ। आज सेयर बजार मापक नेप्से परिसुचक ०.४७ प्रतिशतले घटेर २ हजार ६ सय ७६ बिन्दुमा पुगेको छ।
यस दिन १ करोड १५ लाख २३ हजार ३ कित्ता सेयर ५ अर्ब ६२ करोड ९४ लाख ४५ हजारमा कारोबार भएको छ।
हिजो १ करोड ७३ लाख ९२ हजार २४४ कित्ता सेयर ७ अर्ब ४६ करोड ३ लाख ४ हजारमा कारोबार भएको थियो ।
आज कारोबार भएको बजारमा ९२ कम्पनीको सेयर मुल्य बढेको छ भने १३८ वटा कम्पनीको सेयर मुल्य घटेको छ । यस्तै १३ सेयरको मूल्य स्थिर रहेको छ।
यस दिन कुनै पनि कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छैन भने इमर्जिङ नेपाल लिमिटेडको सेयर मुल्य ८.७६ प्रतिशतले बढेको छ ।
यस्तै स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको मुल्यमा नकारात्मक सर्किट लागेको छ ।