Date

शुक्र, पुस ५, २०८१
Fri, December 20, 2024

चार महिनामा १ खर्ब ७ अर्ब ७६ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह

चार महिनामा १ खर्ब ७ अर्ब ७६ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह

काठमाडाैं, २६ मंसिर । चालु आर्थिक वर्ष २०८१/ ८२ को ४ महिनामा बैंक तथा वित्तीय संस्थाबाट १ खर्ब ७ अर्ब ७६ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ ।

गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले ९० अर्ब ९ करोड रुपैयाँ सेयर धितोमा ऋण लगानी गरेकामा चालु आर्थिक वर्ष कात्तिकसम्म आइपुग्दा १ खर्ब ७ अर्ब ७६ करोड रुपैयाँ पुर्‍याएका हुन् । यस अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने सेयर धितो कर्जा १९.६१ प्रतिशतले वृद्धि भएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार कात्तिकमा भने सेयर धितो कर्जा प्रवाह घटेको छ । असोजमा ६ अर्ब ७ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेकामा कात्तिकमा १ अर्ब ९४ करोड ३ लाख रुपैयाँ सेयरमा ऋण लगानी गरेका छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x