राष्ट्रपतिले विभिन्न पाँच देशका लागि नियुक्त गरे राजदूत
काठमाडौं, २८ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच देशका लागि राजदूत नियुक्त गरेका छन् । मन्त्रिपरिषद्को सिफारिस संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रिपतिले पोर्चुगल, स्पेन, दक्षिण अफ्रिका, बेल्जियम र दक्षिण कोरियाका लागि राजदूत नियुक्त गरेका हुन् ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार पोर्चुगलका लागि प्रकाशमणि पौडैल, स्पेनका लागि सनिल नेपाल, दक्षिण अफ्रिकाका लागि प्राडा कपिलमान श्रेष्ठ, बेल्जियमका लागि सेवा लम्साल र दक्षिण कोरियाका लागि शिवमाया तुम्बाहाङ्फे राजदूत नियुक्त भएका छन् ।
नेपाल र श्रेष्ठले कांग्रेसको भागमा नियुक्ति पाएका हुन् । तुम्बाहाङ्फे एमालेकी नेता हुन् । लम्साल सरकारी बहालवाला सचिव हुन् । उनी हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत छिन् ।