Date

बुध, पुस ३, २०८१
Wed, December 18, 2024

५ महिनामा सरकारको पुँजीगत खर्च ११ प्रतिशत

५ महिनामा सरकारको पुँजीगत खर्च ११ प्रतिशत

काठमाडाैं, २ पुस । चालु आर्थिक वर्षको ५ महिना मंसिरका बजेट खर्च लक्क्षको २८.८९% खर्च भएको छ ।सरकारले साउनदेखि मंसिर सम्मको ५ महिनाको अवधिमा १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख लक्क्ष राखेकोमा ५ खर्ब ५६ अर्ब ११ करोड ७७ लाख खर्च गरेको छ ।

यस अवधिमा सरकारको चालु खर्च ३१.८७ प्रतिशत अर्थात ३ खर्ब ६३ अर्ब ५५ करोड १२ लाख रूपैयाँ रहेकाे छ । गत आर्थिक वर्षको ५ महिनामा सरकारले चालु शिर्षकमा ३ खर्ब ५९ अर्ब ९९ कराेड अर्थात ३१.५३ प्रतिशत खर्च गरेकाे थियाे ।

यस अवधिमा सरकारकाे पुँजीगत खर्च न्युन देखिएकाे छ । मंसिर सम्ममा सरकारले पुँजीगत शिर्षकमा ११.५८ प्रतिशत अर्थात ४० अर्ब ८० करोड ६ लाख रूपैयाँ खर्च गरेकाे छ । गत वर्षको पाँच महिनामा सरकारले ३७ अर्ब ७ करोड अथवा वार्षिक लक्ष्यको ११.९४ प्रतिशत पुँजीगत खर्च गरेको थियो  ।

यता वित्तीय व्यवस्थापन तर्फ लक्ष्यको १ खर्ब ५१ अर्ब ७६ करोड ५७ लाख अर्थात ४१.३२ प्रतिशत खर्च गरेको छ । गत वर्षको पाँच महिनामा सरकारले ५६ अर्ब ९३ करोड  ९७ लाख अथवा वार्षिक लक्ष्यको १८.५२ प्रतिशत वित्तीय व्यवस्थापन खर्च गरेको थियो  ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x