Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

मेगा बैंकको बोनस शेयर पारित, नयाँ संचालक समिति गठन

मेगा बैंकको बोनस शेयर पारित, नयाँ संचालक समिति गठन

काठमाडौं, ३१ असार । मेगा बैंक नेपालको असार २९ गते बसेको सातौं वार्षिक साधारण सभाले बैंकको हालको चुक्ता पुँजीको १०.७५३९ बोनस शेयर दिने प्रस्तावलाई पारित गरेको छ । बैंकको हाल चुक्ता पुँजी ९ अर्ब २८ करोड रुपैयाँ रहेको छ । बोनस वितरण पछि बैंकको चुक्ता पुँजी १० अर्ब २४ करोड रुपैयाँ पुग्नेछ ।

यस्तै सोहि साधारण सभाले ६ जना संचालकहरु चयन गरेको छ । साधारणसभाबाट संस्थापक शेयरधनीका तर्फबाट गोपाल खनाल, मदनकुमार आचार्य र भोजबहादुर शाह चयन भएका छन् । यसैगरी, सर्वसाधारण शेयरधनीका तर्फबाट मुक्तिराम पाण्डे, बालकृष्ण शिवाकोटी र इन्द्रबहादुर मल्ल ठकुरी निर्वाचित भएका छन् । साथै साधारण सभाले सञ्चालक मध्येबाट सर्वसम्मत रुपमा भोजबहादुर शाहलाई पुनः अध्यक्षमा चयन गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x