बैंकङ प्रणालीबाट थप ६० अर्ब तान्दै राष्ट्र बैंक
काठमाडाैं, ७ पुस । नेपाल व्यवस्थापनका लागि बैंकङ प्रणालीबाट थप ६० अर्ब खिच्ने भएको छ ।
बैंकहरुले ऋण लगानी बढाउन नसकेपछि राष्ट्र बैंकले बजारमा बढी भएको पैसा बोलकबोल उपकरणमार्फत २१ दिनका लागि तान्न लागेको हो ।
राष्ट्र बैंकले तरलता फालाफाल भएका बैंक तथा वित्तीय संस्थासँग प्रस्ताव मागेको छ । राष्ट्र बैंकले पुस २ यता मात्र ९९ अर्ब ६० करोड रुपैयाँ उठाइसकेको छ ।