Date

बुध, पुस १७, २०८१
Wed, January 1, 2025

वीरगञ्ज नाकाबाट सवारीसाधन आयातमा गिरावट

वीरगञ्ज नाकाबाट सवारीसाधन आयातमा गिरावट

काठमाडाैं, ९ पुस । वीरगञ्ज भन्सार नाकाबाट चालु आर्थिक वर्षको पाँच महिनामा चारपांग्रे सवारीसाधनको आयातमा कमी आएको छ । भन्सार कार्यालयका अनुसार ९२ करोड रुपैयाँ बराबरका ४८२ जीप, कार, र भ्यान आयात भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ३८.१३ प्रतिशतले घटेको हो।

यस अवधिमा विद्युतीय सवारीसाधनको आयातमा समेत ५९ प्रतिशतको गिरावट आएको छ । चालु वर्षमा १४ करोड ७८ लाख रुपैयाँ बराबरका ९७ विद्युतीय सवारी आयात भएका छन् । अघिल्लो वर्ष २३७ विद्युतीय सवारी आयात भएको थियो।

इन्धन र विद्युतीय दुवै प्रकारका सवारीसाधनको आयातमा गिरावटले राजस्व संकलन पनि घटेको छ। गत वर्षको तुलनामा चालु आवमा १६.४३ प्रतिशतले राजस्व घटेको भन्सार तथ्यांकले देखाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x