Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सिंगटी जलविद्युतले ४३ करोड ५० लाख रुपैयाँको प्राथमिक निष्कासन गर्ने

सिंगटी जलविद्युतले ४३ करोड ५० लाख रुपैयाँको प्राथमिक निष्कासन गर्ने

काठमाडौं, ३१ असार । सिंगटी जलविद्युत कम्पनीले प्राथमिक शेयर निष्कासनको लागि गर्ने भएको छ । जसका लागि कम्पनीले सिभिल क्यापिटल मार्केटसंग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा कम्पनीको तर्फबाट कार्यकारी निर्देशक गणेश कार्की र सिभिल क्यापिटलको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सुमन आर्चायले गरेका हुन् ।

कम्पनीले ४३ करोड ५० लाख रुपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता प्राथमिक शेयर निष्कासन गर्ने भएको छ । जसमध्ये आयोजन प्रभावित दोलखा जिल्लाका स्थानियहरुका लागि १४ करोड ५० लाख रुपैयाँको प्राथमिक शेयर छुट्टाइएको छ । यस्तै सर्वसाधारणहरुका लागि बाँकी रहेको २९ करोड रुपैयाँको प्राथमिक शेयर छुट्टाइएको छ ।

कम्पनीले दोलखा जिल्लामा १६ मेगाबाट क्षमताको जलविद्युत आयोजना निमार्ण गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x