Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

क्लियर टिभीको ३ महिने प्रिमियम योजना

क्लियर टिभीको ३ महिने प्रिमियम योजना

काठमाडौं, ३१ असार । केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले आफ्ना क्लियर टिभी प्रयोगकर्ताका लागि विशेष योजना प्रस्तुत गरेको छ । ३२ जना भाग्याशाली क्लियर टिभी ग्राहकहरुलाई ३ महिनाको क्लियर टिभी प्रिमियम प्याकेज प्रदान गर्ने छ ।

‘क्लियर टिभी लव्डकप किकअप ’ योजना अन्तर्गत कम्पनीले सो प्याकेज प्रदान गर्ने जानकारी दिएको छ । कम्पनीले विश्वकप २०१८ लाई लक्षित गरी ८ जुन देखि १५ जुलाई सम्म क्लियर टिभी सेवामा यो योजना ल्याएको थियो । सो योजना अवधीभर क्लियर टिभी सेवा नविकरण तथा नयाँ जडान गरेको ग्राहकहरुलाई समावेश गरी गोला प्रथाबाट ३२ जना विजेता छनौट गरिने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x