Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

वीमाको पहुँच विस्तार गर्न बैंकासुरेन्स सेवा, बैंकको शाखा मार्फत वीमा लेख बेचिने

वीमाको पहुँच विस्तार गर्न बैंकासुरेन्स सेवा, बैंकको शाखा मार्फत वीमा लेख बेचिने

काठमाडौं, ३१ असार । वीमा समितिले मुलुकमा वीमाको पहुँच विस्तार गर्न वीमा कम्पनीहरु र बैंक तथा वित्तीय संस्थाहरु बिचको सहकार्यमा जोड दिएको छ । जसका लागि समितिले वीमा कम्पनीहरुलाई बैंक तथा वित्तीय संस्थाहरुसंग बैंकासुरेन्स सेवाको लागि सम्झौता गर्न भनेको छ ।

हाल मुलुकमा कुल जनसंख्याको १० प्रतिशत जनसंख्या मात्र वीमाको पहुँजमा रहेका छन् । आगामी वर्षमा वीमाको पहुँच विस्तार गर्न बैकासुरेन्स सेवाले थप मद्दत गर्ने अपेक्षा वीमा समितिले राखेको छ । यता वीम क्षेत्रको योगदान कुल ग्राहस्थ उत्पादनमा २.५ प्रतिशत रहेको छ ।

बैंकासुरेन्स सेवामार्फत कसरी बढ्छ वीमाको पहुँच ?

केन्द्रिय बैंकले संचालनमा रहेका वाणिज्य बैंकहरुलाई ७५३ वटै स्थानिय तहमा शाखा विस्तार गर्न निर्देशन जारी गरिसकेको छ । यता जेठ मसान्तसम्ममा वाणिज्य बैंकहरु ५५६ स्थानिय तहहरुमा पुगिसकेका छन् । बाँकी रहेको १९७ स्थानिय तहहरुमा वाणिज्य बैंकहरुले शाखा विस्तार गर्देछन् । यद्यपी तोकिएको समयमा वाणिज्य बैंकहरुले ७५३ वटै स्थानिय तहहरुमा शाखा विस्तार गर्न नसकिने बताएको छ । तर समयावधि थप गरेर वाणिज्य बैंकहरु सबै स्थानिय तहहरुमा पुग्ने तयारीमा रहेका छन् ।

वीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाहरुसंग बैकासुरेन्स सेवाको लागि सम्झौता गर्दा वीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाहरुको शाखा मार्फत वीमाको सेवा तथा सुविधा उपलब्ध गर्न पाउँनेछन् । बैंक तथा वित्तीय संस्थाहरुसंग बैंकासुरेन्स सेवाको सम्झौताले संचालनमा रहेको वीमा कम्पनीहरुलाई तत्काल शाखा खोल्नु पर्ने आवश्यकता रहदैन । बैंक तथा वित्तीय संस्थाहरुको शाखा मार्फत नै वीमा लेख बेच्ने, वीमा सम्बन्धी जानकारी दिने, वीमा शुल्क जम्मा गर्ने तथा दाबी भुक्तानी समेत दिन सकिन्छ । जसबाट वीमाको पहुँच अभिवृद्धि हुने सम्भावना बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x