एकैदिन ताेलामा १४ सय रूपैयाँले बढ्याे सुनकाे मूल्य
काठमाडाैं, १७ पुस । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीकाे स्थिर हरेकाे छ । मंगलबार प्रतितोला एक हजार रूपैयाँ घटेको सुनको मूल्य आज तोलामा १४०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो।
बुधबार चाँदीको मूल्य स्थिर छ । आज चाँदी प्रतितोला मंगलबारकै मूल्य एक हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको छ ।