Date

शनि, पुस २०, २०८१
Sat, January 4, 2025

बुधबारदेखि लागु हुने गरी पेट्रोल र डिजेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

बुधबारदेखि लागु हुने गरी पेट्रोल र डिजेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडाैं, १७ पुस । बुधबारदेखि लागु हुने गरी पेट्राेलियम पदार्थकाे मूल्य बढेकाे छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेलमा दुई रुपैयाँले मूल्य बढाएको हो ।

याे सँगै अब पेट्रोलको मूल्य काठमाण्डौ र पोखरामा प्रतिलिटर एक सय ६३ रुपैयाँ, सुर्खेत र दाङमा एक सय ६२ रुपैयाँ र बाँकी क्षेत्रमा एक सय ६० रुपैयाँ ५० पैसा कायम भएको छ ।

त्यस्तै डिजेलको मूल्य काठमाण्डौ तथा पोखरामा प्रतिलिटर एक सय ५३ रुपैयाँ, सुर्खेत र दाङमा एक सय ५२ रुपैयाँ र बाँकी क्षेत्रमा एक सय ५० रुपैयाँ ५० पैसा कायम भएको छ ।

यता वाई इन्धनको मूल्य भने घटेको छ । आन्तरिक हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर दुई रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको प्रतिकिलोलिटर १५ डलरले घटाइएको छ ।

आन्तरिक हवाई इन्धन प्रतिलिटर एक सय २६ रुपैयाँ तोकिएको छ भने अन्तर्राष्ट्रिय हवाई इन्धनको काठमाण्डौमा नौ सय ६०, पोखरामा सात सय ९३ र भैरहवामा सात सय ७८ अमेरिकी डलर कायम गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x