गरिमा म्युचूअल फण्ड अन्तर्गत “गरिमा समृद्धि योजना” को इकाई बाँडफाँड

काठमाडाैं, १९ पुस । गरिमा विकास बैंक लिमिटेड कोष प्रवद्र्घक (Fund Sponsor) तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक (Fund Manager) रहेको सामूहिक लगानी कोष गरिमा म्युचूअल फण्ड (Garima Mutual Fund) अन्तर्गत पहिलो बन्दमुखी योजना (First Close-Ended Scheme) “गरिमा समृद्घि योजना” को इकाई आज मिति २०८१ साल पौष १८ गते बाँडफाँड सम्पन्न भएको व्यहोरा सम्बन्धित सबैमा सहर्ष जानकारी गराउँदछौँ ।
गरिमा समृद्घि योजनाको बीज पुँजी सहित प्रति इकाई अंकित मूल्य रु. १० दरको १०,००,००,००० (दश करोड) इकाई मिति २०८१ साल पौष ७ गते देखि २०८१ साल पौष ११ गते सम्मका लागि सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा उक्त अवधिभर रितपूर्वक आवेदन दिनुभएका ९४ हजार ६ सय ८१ जना आवेदकहरु मार्फत १२ करोड १८ लाख ७८ हजार ५ सय १० इकाईका लागि रितपूर्वक आवेदन प्राप्त भएको व्यहोरा जानकारी गराउन चाहन्छौँ । उक्त अवधिभर रितपूर्वक आवेदन प्राप्त भएकोमा निष्काशन गरिएको इकाई भन्दा अधिक इकाईको लागि आवेदन पर्न आएकोले विद्यमान “सामूहिक लगानी कोष निर्देशिका, २०६९” मा भएको व्यवस्था बमोजिम योजनाको आकारको अधिकतम २५ प्रतिशत सम्मको इकाई बाँडफाँड गर्न सकिने हुँदा इकाई खरिदका लागि रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरुलाई “धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४” को अधिनमा रहि आज मिति २०८१/०९/१८ गते बिहानको ९ः०० बजे निष्काशन तथा बिक्री प्रबन्धक श्री एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा इकाई बाँडफाँड गरी बीज पूँजी सहित योजनाको आकार रु.१,२५,००,००,०००/- (अक्षरेपी एक अर्ब पच्चिस करोड रुपैयाँ मात्र) अर्थात १२,५०,००,००० (अक्षरेपी बाह्र करोड पचास लाख) इकाई कायम गरी सफलतापूर्वक सम्पन्न गरेको व्यहोरा सम्बन्धित सबैमा सहर्ष जानकारी गराउँदछौँ ।
साथै, यस निष्काशन कार्यमा सहयोग तथा सद्भाव प्रदान गर्नुहुने सम्पूर्ण शुभेच्छुकहरु, लगानीकर्ता आवेदकहरु, सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, निष्काशन बैंक तथा सम्बन्धित सबै नियमन निकायहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।