सिबिफिनको अध्यक्षमा पुनस् उपेन्द्र पौडेल निर्विरोध,वरिष्ठ उपाध्यक्षमा उपाध्याय
काठमाडाैं, १८ पुस । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन)को अध्यक्षमा पुनस् उपेन्द्र पौड्याल निर्विरोध चयन भएका छन्। सिविफिनको पाँचौ वार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा उनको मात्रै उम्मेदवारी परेपछि उनीलगायत कार्यसमितिका सचिवबाहेकका अन्य पदका पदाधिकारीहरु निर्विरोध चयन भएका हुन्।
वरिष्ठ उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका राजेश उपाध्याय चयन भएका छन् भने रिलायन्स फाइनान्सका कुश प्रसाद मल्ली उपाध्यक्षमा चयन भएका छन्। महासचिवमा हिमालयन बैंकका प्रचण्ड बहादुर श्रेष्ठ निर्वाचित भएका छन्।
सचिव पदमा भने विकास बैंकबाट महेन्द्र कुमार गोयल र थानेश्वर पौडेलले उम्मेदवारी गरेकाले यसमा टुंगो लाग्न बाँकी रहेको सिविफिनले जानकारी दिएको छ । यद्यपी कोषाध्यक्षमा एनआइसी एशिया बैंकका तुलसीराम अग्रवाल र सह(कोषाध्यक्षमा गोर्खा फाइनान्सका गौरव बुढाथोकी चयन भएका छन्।
सदस्यहरुमा राजाराम खड्का, डा। बाल गोपाल वैद्य, लिला प्रकाश सिटौला, मनोजकुमार गोयल, चन्द्र बहादुर अधिकारी, राधेश पन्त, रमण नेपाल, सुदिप आचार्य, चिन्तामणी भट्टराई र लक्ष्मी प्रसाद महर्जन चयन भएका छन् ।