यस साता प्रतिताेला २८ सय रूपैयाँले महंगियाे सुनकाे भाउ
काठमाडाैं, २० पुस । नेपाली बजारमा यस साता सुनकाे मूल्य ताेलामा २८०० रूपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस साताकाे अन्तिम काराेबार दिन हिजाे शुक्रबार सुनकाे मूल्य ताेलामा २ हजार रूपैयाँले बढेर प्रतिताेला १ लाख ५३ हजार ५०० रुपैयाँ पुगेको छ ।
महासंघका अनुसार यो साताको साताको कारोबारको पहिलो दिन आइतबार सुनकाे मूल्य ताेलामा ५ सय रूपैयाँले घटेर १ लाख ५० हजार २०० रुपैयाँ कायम भएको थियाे ।
यस्तै साेमबार ताेलामा ४०० रूपैयाँले बढेर सुनकाे मूल्य प्रतिताेला १ लाख ५० हजार ६०० रुपैयाँ पुग्यो । यस्तै मंगलबार पुन १ हजार रूपैयाँले घटेर तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएकाे थियाे ।
यस्तै बुधबार पुनः ताेलामा १४ सय रूपैयाँले बढेर १ लाख ५१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ५०० रूपैयाँले बढेर १ लाख ५१ हजार ५०० पुगेको हाे ।
यता, सातामा चाँदीको भाउ पनि ताेलामा २० रुपैयाँले बढेको छ । साताको पहिलो दिन आइतबार प्रतितोला एक हजार ७९० रहेको चाँदीको भाउ बढेर शुक्रबार प्रतितोला एक हजार ८१० रुपैयाँ पुगेको हो।