पहिलो किस्ताको ४० प्रतिशत आयकर पुस मसान्तभित्रै बुझाउन करदाताहरुलाई आन्तरिक राजस्व विभागको निर्देशन
काठमाडाैं, २५ पुस । आन्तरिक राजस्व विभागले कर दाताहरूमा चालु आर्थिक वर्ष २०८१/८२ काराेबारकाे अनुमानित करकाे विवरण र साे विवरण अनुसार तिर्नुपर्ने आयकरकाे पहिलो किस्ता दाखिला गर्न सूचना जारी गरेकाे छ ।
विभागले आर्थिक वर्ष २०८१/८२ काराेबारकाे अनुमानित करकाे विवरण र साे विवरण अनुसार तिर्नुपर्ने आयकरकाे पहिलो किस्ता बापतको ४० प्रतिशतले हुने रकम यहि पुस मसान्तसम्म कर विवरण बुझाउन निर्देशन दिएको हाे ।
‘आयकर ऐन, २०५८ को दफा ९४ को उपदफा ९१० बमोजिम आर्थिक वर्ष २०८१/८२ को आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने कर दाताहरूले दफा ९५ बमोजिम आर्थिक वर्ष २०८१/८२ को कारोबारको अनुमानित करको विवरण र तिर्नुपर्ने आयकरको ४० प्रतिशतले हुने रकम ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा सम्बन्धित कर दाता सेवा कार्यालयमा दाखिला गर्न अनुरोध छ’ जारी सूचनामा भनिएको छ ।