१८.१४ अंकले घट्याे नेप्से, ७ अर्ब ३० कराेडकाे काराेबार
काठमाडाैं, २५ पुस । बिहिबार नेपाल स्टक एक्सचेञ्ज नेप्से १८.१४ अंकले घटेकाे छ । आज सेयर बजार मापक नेप्से परिसुचक ०.६८ प्रतिशतले घटेर २ हजार ६ सय ३५ बिन्दुमा पुगेकाे छ ।
यस दिन १ कराेड ५७ लाख २३ हजार ३७९ कित्ता सेयर ७ अर्ब ३० कराेड ५३ लाख ४२ हजारमा काराेबार भएकाे छ । बुधबार ५५ लाख दुई हजार ७५१ कित्ता सेयर ६ अर्ब ४० करोड ८० लाखमा काराेबार भएकाे थियाे ।
आज काराेबार भएकाे बजारमा ५५ कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने १८० वटा कम्पनीकाे सेयर मूल्य घटेकाे छ । यस्तै ७ सेयरकाे मूल्य स्थिर रहेकाे छ ।
यस दिन बराहि हाइड्राेपावर र हिमालयन पावर पाटनर्रकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ भने रिभर फल्स पावरकाे सेयर मूल्य ८.१९ प्रतिशतले बढेकाे छ ।
यस्तै आज कुनै पनि कम्पनिकाे सेयर मूल्यमा नकारात्मक सर्किट लागेकाे छैन ।
आज होटल र पर्यटन समूह बाहेक सबै समूहका उपसुचकहरू घटेका छन्र ।