प्रतिताेला ४ सय रूपैयाँले बढ्याे सुनकाे मूल्य
काठमाडाैं, २ माघ । नेपाली बजारमा सुन-चाँदीकाे भाउ बढ्काे छ । मंगलबार प्रतितोला ८ ६ सय रूपैयाँ घटेकाे सुनको भाउ यसदिन प्रतितोला ४ सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५५ हजार ४ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५५ हजार रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेकाे छ । मंगलबार प्रतितोला १ हजार ८ सय २० रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतिताेला १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।