Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

बजेटकाे अर्धवार्षिक समीक्षाः सरकारको आम्दानी भन्दा खर्च धेरै

बजेटकाे अर्धवार्षिक समीक्षाः सरकारको आम्दानी भन्दा खर्च धेरै

काठमाडौं, २ माघ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारले ३५.८९ प्रतिशत बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/८२ को साउनदेखि पुस मसान्तसम्ममा सरकारले ६ खर्ब ५० अर्ब रुपैयाँ खर्च गरेकाे छ । चालू आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट ल्याएको थियो ।

यस अवधिमा सरकारकाे पुँजीगत खर्चको अवस्था भने निकै नै कमजोर देखिएको छ । पुस मसान्तसम्ममा चालू तर्फ ४ खर्ब ३९ अर्ब रुपैयाँ  अर्थात ३९.६३ प्रतिशत, पुँजीगत तर्फ ५५ अर्ब ३५ करोड अर्थात १६.१६ प्रतिशत र वित्तिय व्यवस्था तर्फ ४३.२ प्रतिशत अथवा १ खर्ब ५५ अर्ब रुपैयाँ खर्च भएकाे छ ।

चालू आर्थिक वर्षका लागि सरकारले चालू तर्फ ११ खर्ब ४० अर्ब,  पुँजीगत तर्फ ३ खर्ब ५२ अर्ब  र  वित्तिय व्यवस्था तर्फ ३ खर्ब ६७ अर्ब रुपैयाँ विनियाेजन गरेकाे थियाे ।

यता ६ महिनाको अवधिमा राजस्वमा करिब १३ प्रतिशतले बढेको छ। यस अवधिमा सरकारले ५ खर्ब ७४ अर्ब ७६ करोड ७९ लाख राजस्व संकलन गरेकाे छ । जुन वार्षिक लक्ष्यको ३९ दशमलव ०६ प्रतिशत हो ।

गत आर्थिक वर्षमा १० खर्ब ८१ अर्ब रुपैयाँ राजस्व संकलन गरेको सरकारले चालु आर्थिक वर्षमा १४ अर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । जुन वार्षिक लक्ष्यको ३९ दशमलव ०६ प्रतिशत हो ।गत वर्ष पुस मसान्तसम्म ५ खर्ब १६ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो ।

यस अवधिमा कर राजश्वतर्फ चार खर्ब ८९ अर्ब ३९ करोड ९२ लाख, गैरकर राजस्वतर्फ ७० अर्ब २० करोड ८२ लाख र अनुदान तर्फ सात अर्ब ३७ करोड छ लाख र अन्य प्राप्तीबाट अन्य प्राप्तिबाट ७ अर्ब ७८ करोड ९९ लाख रुपैयाँ राजस्व संकलन भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x