Date

बुध, माघ २, २०८१
Wed, January 15, 2025

गरिमा विकास बैंककाे १८औं वार्षिक साधारणसभा सम्पन्न, ५ प्रतिशत नगद लाभांश पारित

गरिमा विकास बैंककाे १८औं वार्षिक साधारणसभा सम्पन्न, ५ प्रतिशत नगद लाभांश पारित

काठमाडौं, २ माघ । गरिमा विकास बैंक लिमिटेडको १८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमवार पोखरामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनसहित शेयरधनीलाई प्रस्ताव गरिएको ५ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

साधारण सभाबाट आगामी कार्यकालका लागि संस्थापक शेयरधनीको प्रतिनिधित्व गर्ने तीनजना सञ्चालक दिलिप प्रताप खाँड, श्यामप्रसाद बस्याल र दिपेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । त्यसैगरी सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकमा विमल पाण्डे, शोभाकान्त ढकाल र आयुष्मा कोइराला निर्वाचित भएका छन् ।

साधारणसभापश्चात् बसेको नवनिर्वाचित सञ्चालकहरूको बैठकले दिलिप प्रताप खाँडलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको बताइएको छ । हाल बैंकको चुक्तापूँजी रू. ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रहेको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x