Date

बुध, माघ २, २०८१
Wed, January 15, 2025

सांग्रिला डेभलपमेन्ट बैंकको २० औं वार्षिक साधारण सभा सम्पन्न 

सांग्रिला डेभलपमेन्ट बैंकको २० औं वार्षिक साधारण सभा सम्पन्न 

काठमाडौं, २ माघ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २० औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सोमबार सम्पन्न सभाले बैंकको चुक्ता पूँजी ३ अर्ब ४३ कराेड ९ लाख ७१ हजार ३०२.५५ को ३.६५१६ प्रतिशत १२ कराेड ५२ लाख ८४हजार ४१७ रुपैयाँ बराबरको बोनस सेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०.१९२२ प्रतिशतले हुन आउने रकम  ६५ लाख ९३ हजार ९१७ रुपैयाँ  नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यो प्रस्ताव पारित भएसँगै सांग्रिला डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३,५५,६२,५५,७१९.५५ (तीन अर्ब पचपन्न करोड बैसट्ठी लाख पचपन्न हजार सात सय उन्नाइस रुपैयाँ पचपन्न पैसा) पुगेको छ ।

साधारण सभाले आ.व.०८०÷८१ को वित्तीय विवरणसहित लेखा परीक्षकको नियुक्ति, प्रवन्धपत्र संशोधन, मर्जर तथा प्राप्तिलगायतका प्रस्ताव समेत पारित गरेको छ ।

आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर ११२ शाखा कार्यालय, ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ । यसका साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको यस बैंकले आगामी दिनमा यसलाई अझ सशक्त बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरेकाे छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x