Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

१.८३ अंकले बढ्याे नेप्से, ५ अर्ब ८२ कराेडकाे काराेबार

१.८३ अंकले बढ्याे नेप्से, ५ अर्ब ८२ कराेडकाे काराेबार

काठमाडाैं, २ माघ । बुधबार नेपाल स्टक एक्सचेञ्ज नेप्से १.८३ अंकले बढेकाे छ । आज सेयर बजार मापक नेप्से परिसुचक ०.०७ प्रतिशतले बढेर २ हजार ५ सय ९५ बिन्दुमा पुगेकाे छ ।

यस दिन १ कराेड ७ लाख ४५ हजार ४२७ कित्ता सेयर ५ अर्ब ८२ कराेड ४९ लाख ४ हजारमा काराेबार भएकाे छ । साेमबार १ कराेड ३८ लाख ७० हजार ५७९ कित्ता सेयर ६ अर्ब ६५ कराेड ८ लाख ८३ हजारमा काराेबार भएकाे थियाे ।

आज काराेबार भएकाे बजारमा १२४ कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने १०८ वटा कम्पनीकाे सेयर मूल्य घटेकाे छ । यस्तै १० सेयरकाे मूल्य स्थिर रहेकाे छ ।

यस दिन डाेल्टि पावर कम्पनिकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ भने सुपर मादि हाइड्राेपावरकाे सेयर मूल्य ९.८१ प्रतिशतले बढेकाे छ ।

यस्तै आज न्यादि हाइड्राेपावरकाे सेयर मूल्यमा नकारात्मक सर्किट लागेकाे छैन ।

आज बैंकिङ, वित्त, लगानी, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा समूह बाहेक सबै समूहका उपसुचकहरू बढेका छन्र ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x