Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

राष्ट्रपति रामचन्द्र पौडेलद्धारा भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलद्धारा भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी

काठमाडौं, ३ माघ । राष्ट्रपति रामचन्द्र पाैडेलले भूमी सम्बन्धी अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका हुन् ।

सरकारले पुस २६ गते पाँच वटा अध्यादेश पठाएकामा चार वटा पुस २९ गते नै जारी भएका थिए भने भूमि सम्बन्धी अध्यादेशमा निकुञ्ज र वनको जग्गा सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्न उपयोग गर्ने भन्ने व्यवस्थाप्रति राष्ट्रपति पौडेलले चासो राखेपछि दुई दिनदेखि रोकिएको थियाे।

अध्यादेशमा वन र निकुञ्जको जग्गामा वर्षौंदेखि बसेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने उल्लेख गरिएको छ ।

सुकुम्बासी व्यवस्थापनमा असहमति नरहे पनि भविष्यमा वन विनाश भइरहने जोखिमलाई ध्यान दिनुपर्ने भन्दै राष्ट्रपतिले चिन्ता जनाएपछि सरकारले ‘एक पटकका लागि’ भन्ने वाक्यांश थप्ने गरी अध्यादेश जारी गरिएको हाे।

भूमि सम्बन्धी अध्यादेशमा भूमि सम्बन्धी ऐन २०२१, वन ऐन २०७६ र मालपोत ऐन २०७६ संशोधनको प्रस्ताव गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *