Date

आइत, असार १, २०८२
Sun, June 15, 2025

नेपाल राष्ट्र बैंकले प्रमुख विदेशी मुद्राहरूका लागि नयाँ विनिमय दर ताेक्याे

नेपाल राष्ट्र बैंकले प्रमुख विदेशी मुद्राहरूका लागि नयाँ विनिमय दर ताेक्याे

काठमाडाैं, ३ माघ । नेपाल राष्ट्र बैंकले आगामी बिहीबारका लागि प्रमुख विदेशी मुद्राहरूको नयाँ विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकी डलरको खरिददर १ सय ३७ रुपैयाँ ८९ पैसा र बिक्रीदर १ सय ३८ रुपैयाँ ४९ पैसा राखिएको छ। युके पाउन्ड स्ट्रलिङको खरिददर १ सय ६८ रुपैयाँ ६० पैसा र बिक्रीदर १ सय ६९ रुपैयाँ ३४ पैसा तोकिएको छ।

कतारी रियालको खरिददर ३७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९९ पैसा, युएई दिरामको खरिददर ३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७० पैसा राखिएको छ। मलेसियन रिङ्गेटको खरिददर ३० रुपैयाँ ६५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७८ पैसा निर्धारण गरिएको छ, जबकि चिनियाँ युआनको खरिददर १८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८ रुपैयाँ ८९ पैसा रहेको छ।

यससँगै, अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ५६ पैसा र बिक्रीदर ८५ रुपैयाँ ९३ पैसा राखिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *