Date

बुध, चैत्र १९, २०८१
Wed, April 2, 2025

नेप्से १२.५८ अंकले बढ्दा ६ अर्ब २५ करोडको कारोबार

नेप्से १२.५८ अंकले बढ्दा ६ अर्ब २५ करोडको कारोबार

काठमाडाैं, ६ माघ । आइतबार नेपाल स्टक एक्सचेञ्ज नेप्से १२.५८ अंकले बढेकाे छ । आज सेयर बजार मापक नेप्से परिसुचक ०.४८ प्रतिशतले बढेर २ हजार ६ सय १ बिन्दुमा पुगेकाे छ ।

यस दिन १ कराेड २९ लाख ८२ हजार ६१९ कित्ता सेयर ६ अर्ब २५ कराेड ७२ लाख ३५ हजारमा काराेबार भएकाे छ ।गत बिहिबार १ कराेड १७ लाख ४९ हजार ७०१ कित्ता सेयर ५ अर्ब ९३ कराेड ३७ लाख ११ हजारमा काराेबार भएकाे थियाे ।

आज काराेबार भएकाे बजारमा १७१ कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने ६८ वटा कम्पनीकाे सेयर मूल्य घटेकाे छ । यस्तै ४ सेयरकाे मूल्य स्थिर रहेकाे छ ।

यस दिन बोटलर्स नेपाल लिमिटेडकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ भने वीन नेपाल लघुवित्तकाे सेयर मूल्य ९.०९ प्रतिशतले बढेकाे छ ।

यस्तै आज सुपार मादि हाइड्राेपावरकाे सेयर मूल्यमा नकारात्मक सर्किट लागेकाे छ ।

आज होटल र पर्यटन, म्युचुअल फण्ड र ट्रेडिंग समूह बाहेक सबै समूहका उपसुचकहरू बढेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x