Date

मङ्ल, चैत्र १८, २०८१
Tue, April 1, 2025

विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको सङ्ख्या बढ्दै, ५ महिनामा साढे ४७ अर्ब रकम बाहिरीयो

विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको सङ्ख्या बढ्दै, ५ महिनामा साढे ४७ अर्ब रकम बाहिरीयो

काठमाडाैं, ६ माघ । पछिल्लाे समय नेपालबाट उच्च शिक्षाका लागि विदेशिने नेपालीकाे संख्या बढ्दै गएकाे छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपालबाट विदेश अध्ययन गर्न जाने विद्यार्थीले ४७ अर्ब ४० करोड ७५ लाख रुपैयाँ बराबरको सटही सुविधा लिएका छन् ।

गत वर्षको सोही अवधिमा ४७ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ बराबरको सटही सुविधा विद्यार्थीहरूले पाएका थिए। नेपालबाट विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरूले शुल्क तिर्नका लागि विदेशी मुद्रा सटहीको सुविधा पाउने गर्छन्। जुन नेपालबाट बाहिर जाने मुद्रा हाे ।

राष्ट्र बैंककाअनुसार भ्रमण व्यय १२ दशमलव दुई प्रतिशतले वृद्धि भई ८५ अर्ब एक करोड रुपैयाँ पुगेको छ । त्यसमध्ये शिक्षातर्फको व्यय ४७ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ७५ अर्ब ७३ करोड रुपैयाँ थियो ।

गत मङ्सिर मसान्तसम्म खुद सेवा आय ४० अर्ब ७१ करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २६ अर्ब ५५ करोड रुपैयाँले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ३ दशमलव १ प्रतिशतले वृद्धि भई ३५ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३४ अर्ब १२ करोड रुपैयाँ रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x