Date

शुक्र, माघ ११, २०८१
Fri, January 24, 2025

बीमा पोलिसी परित्याग गर्नेको संख्या बढ्दै, ६ महिनामा साढे ७ अर्बको पोलिसी सरेण्डर

बीमा पोलिसी परित्याग गर्नेको संख्या बढ्दै, ६ महिनामा साढे ७ अर्बको पोलिसी सरेण्डर

काठमाडाैं, ११ माघ । पछिल्ला महिनामा जीवन बीमा पोलिसी खरिद गरेर तोकिएको अवधि पूरा नभई छाड्नेको संख्या बढेको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षको ६ महिनामा ७ अर्ब ४६ करोड ६६ लाख रुपैयाँ बढीको बीमा सरेण्डर भएको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको पौष मसान्तसम्म ५४ हजार ४१४ जना बीमितले बीमा सरेण्डर गरेका हुन् ।

पुष मसान्तसम्ममा एलआईसी नेपालको सर्वाधिक १३ हजार ९६८ वटा बीमा पोलिसी वापत दुई अर्ब ३८ करोड रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ । यस्तै दोस्रोमा नेपाल लाइफको १२ हजार २४१ वटा बीमा पोलिसी वापत दुई अर्ब दुई करोड रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको छ।

सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको ६७ करोड ६ लाख, एशियन लाइफ र नेशनल लाइफको ४६ करोड रुपैयाँ, सूर्य ज्योति लाइफको ३८ करोड ९४ लाख रुपैयाँ, हिमालयन लाइफको ३३ करोड ३३ लाख रुपैयाँ र मेट लाइफको १९ करोड ६६ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएका छन् ।

यस अवधिमा सानिमा रिलायन्स लाइफको १३ करोड १२ लाख रुपैयाँ, आइएमई लाइफको नौ करोड ६ लाख रुपैयाँ, सिटिजन लाइफको ११ करोड ५८ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको नौ करोड ८२ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफको पाँच करोड ५६ लाख रुपैयाँ र सन नेपाल लाइफको तीन करोड ५२ लाख रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x