Date

शुक्र, माघ ११, २०८१
Fri, January 24, 2025

शुक्रबार प्रतितोला एक हजार रूपैयाँ बढ्यो सुनको मूल्य

शुक्रबार प्रतितोला एक हजार रूपैयाँ बढ्यो सुनको मूल्य

काठमाडाैं, ११ माघ । शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। बिहीबार प्रतितोला ४०० रूपैयाँ घटेको सुनको मूल्यआज प्रतितोला १ हजार रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५९ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि ताेलामा ५ रूपैयाँले बढेको छ। बिहीबार प्रतितोला एक हजार आठ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार आठ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x