Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

लक्ष्यभन्दा बढी राजस्व संकलन, पुँजीगत खर्च ८० प्रतिशत पनि पुगेन

लक्ष्यभन्दा बढी राजस्व संकलन, पुँजीगत खर्च ८० प्रतिशत पनि पुगेन

काठमाडौं, १ साउन । सरकारले गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । कुल ७३० अर्ब ५ करोड रुपैँयाको राजस्व संकलनको लक्ष्य रहेकोमा ७३१ अर्ब ३७ करोड रुपैँया राजस्व संकलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्ष २०७४–७५ मा कुल बजेट विनियोजन १२ खर्ब ७९ अर्ब रुपैँयाको ८३ दशमलव ८६ प्रतिशत बजेट खर्च भएको छ । पुँजीगत खर्च भने विनियोजनको ८० प्रतिशतको लक्ष्य भेट्न सकेन । गत आर्थिक वर्षमा सरकारले पुँजीगततर्फ ३३५ अर्ब रुपैँया विनियोजन गरेको थियो । यसमध्ये २६७ अर्ब २५ करोड रुपैँया खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । त्यस्तै, चालु खर्चतर्फ ८०३ अर्ब ५५ करोड विनियोजन भएकोमा ८६ दशमलव ६५ प्रतिशत अर्थात् ६९६ अर्ब २५ करोड रुपैँया खर्च भएको छ । त्यस्तै, वित्तिय व्यवस्थामार्फत् १४१ अर्ब विनियोजन भएकोमा ७७ दशमलव ७५ प्रतिशत अर्थात् १०९ अर्ब ६५ करोड रुपैँया खर्च भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x