Date

मङ्ल, कार्तिक ४, २०८२
Tue, October 21, 2025

कामना सेवा विकास बैंकको एघारौं वार्षिक साधारणसभा सम्पन्न, संचालक समितिको अध्यक्षमा सुदिप आचार्य चयन

कामना सेवा विकास बैंकको एघारौं वार्षिक साधारणसभा सम्पन्न, संचालक समितिको अध्यक्षमा सुदिप आचार्य चयन

काठमाण्डौँ, १ साउन । कामना सेवा विकास बैंक लिमिटेडको एघारौं वार्षिक साधारणसभा सम्मपन्न भएको छ । साधारणसभाले आर्थिक बर्ष २०७३÷७४ को नाफाबाट शेयरधनीलाई १२ प्रतिसत लाभाशं दिने प्रस्ताव स्वीकृत गरे संगै बैंकको चुक्तापूंजी रु २ अर्व ५० करोड २६ लाख ५५ हजार ५ सय १९ पुगेको छ ।

साधारणसभा पश्चात बसेको संचालक समितिको बैठकले सुदिप आचार्यलाई संचालक समितिको अध्यक्षमा चयन गरेको छ भने सुदिप आचार्य, भिम प्रसाद तुलाचन, चतुराखर अधिकारी, देवकृष्ण काफ्ले, बलराम बराल र विश्वेश्वर सुवेदी गरी ६ जना संचालकहरु निर्विरोध निर्वाचित गरेको छ । कार्यक्रममा बैंकको लाभाशंदर बृद्घी हुनुपर्ने, कारोबार विस्तार गर्दै काठमाडौं उपत्यका भित्र शाखा संजाल बृद्घी गर्नुपर्ने, खराब कर्जा कम गर्दै शेयरधनीहरुलाई उचित मुनाफा वितरण गर्नुपर्ने धारणा शेयरधनीहरुले राखे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *