Date

शुक्र, फाल्गुन ३०, २०८१
Fri, March 14, 2025

राष्ट्रिय व्यापार संघको २० औं साधारण सभा सम्पन्न

राष्ट्रिय व्यापार संघको २० औं साधारण सभा सम्पन्न

काठमाडाैं, १३ माघ । राष्ट्रिय व्यापार संघको २० औं साधारण सभा सम्पन्न भएकाे छ । सभाको उदघाट्न गर्दै पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठले भुकम्प र कोभिडपछि सबै प्रकारका व्यवसायमा शिथिलता छाएकाले करको दायरा कम गर्न सरकारको ध्यानाकर्षण गर्ने बताएका छन् ।

मन्त्री श्रेष्ठले व्यवसायिक वातावरणमा निक्कै गिरावट आएकाले करको दायरा १३ प्रतिशतलाई १० प्रतिशतमा झार्न आफु सरकारसँग पहल गर्ने प्रतिवद्धता जनाएका छन् । व्यवसायीहरु विभिन्न समस्याहरुबाट गुज्रिनुपरेको बताउँदै उनले विदेशी सामानहरुको आयातलाई कम गर्दै स्वदेशी उत्पादनलाई बढाउनका लागि आग्रह गरे ।

संघका अध्यक्ष हिमलाल खरालले विभिन्न उतारचढावकाबीच संघ २० औं वर्षमा प्रवेश गरेको बताउँदै स्थापनाकालदेखि नै संघले व्यवसायीक हकहितका साथै सामाजिक कार्यलाई पनि उत्तिकै प्राथमिकताका साथ अघि बढाएको जानकारी दिए ।

संघले रक्तदानका कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, अनाथ, अपाङ्ग तथा वृद्धवृद्धाहरुलाई आर्थिक सहयोग, महामारीमा राहत वितरण, महाशिवरात्रीको अवसरमा पशुपतिमा निःशुल्क फलफूल वितरण, गरिव, जेहेनदार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आईरहेको जनाएकाे छ ।

कार्यक्रमको संचालन संघका महासचिव केदारप्रसाद न्यौपानेले गरेका थिए भने समापन संघका प्रथम उपाध्यक्ष रामचन्द्र पराजुलीले गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x