Date

आइत, बैशाख २८, २०८२
Sun, May 11, 2025

७३ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसः यस्तो छ पछिल्लो ५ वर्षको भन्सार राजस्वको अवस्था

७३ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसः यस्तो छ पछिल्लो ५ वर्षको भन्सार राजस्वको अवस्था

काठमाडाैं, १३ माघ । भन्सार विभागले ७३ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा विशेष कार्यक्रम आयोजना गरि मनाएकाे छ । भन्सार दिवसको अवसरमा विभाग पछिल्लाे ५ वर्षकाे भन्सार राजश्व सङ्कलनकाे तथ्यांक सार्वजनिक गरेकाे छ।

सार्वजनिक तथ्याङ्क आर्थिक वर्ष २०७६/७७ मा ४ खर्ब ७३ अर्ब रुपैयाँ भन्सार राजश्वको लक्ष्य लिएकोमा जम्मा ३ खर्ब पाँच अर्ब रुपैयाँ सङ्कलन गरि लक्षयकाे ६४.४९ प्रतिशत भएको थियो । आर्थिक वर्ष २०७७/७८ मा भने ४ खर्ब ४० अर्ब रुपैयाँको लक्ष्य रहेकोमा ४ खर्ब ४३ अर्ब ७३ लाख संकलन गरी १००.६८ प्रतिशत राजश्व सङ्कलन भएको थियो ।

यस्तै आर्थिक वर्ष २०७८/७९ मा ५ खर्ब ३० अर्ब रुपैयाँको लक्ष्य रहेकोमा ५ खर्ब ६ अर्ब संकलन गरी ९५.५४ प्रतिशत राजश्व सङ्कलन भएको थियो भने आर्थिक वर्षमा २०७९/८० मा ६ खर्ब ६८ अर्ब रुपैयाँको लक्ष्य रहेकोमा ३ खर्ब ९० अर्ब संकलन गरी ५८.४२ प्रतिशत राजश्व सङ्कलन भएको थियो ।

यस्तै आर्थिक वर्षमा २०८०/८१ मा ६ खर्ब २७ अर्ब रुपैयाँको लक्ष्य रहेकोमा ४ खर्ब १८ अर्ब संकलन गरी ६६.६६ प्रतिशत राजश्व सङ्कलन भएको थियो  ।

यस्तै चालु आर्थिक वर्षमा २०८१/८२ काे ६ महिनामा पनि कुल लक्ष्यको झन्डै ८१ प्रतिशत मात्रै भन्सार राजश्व सङ्कलन भएको छ ।

भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले भन्सार प्रशासनले आधुनिक सूचना प्रविधिको प्रयोग गरेर जाँचपास सहज बनाउने प्रयत्न गरेको गरेको र यसबाट अन्तर्राष्ट्रिय व्यापारमा सहजीकरण भएर भन्सार राजश्व बढ्ने अपेक्षा रहेको बताए ।

राष्ट्रिय एकद्वार प्रणालीमा बैंक तथा वित्तीय संस्था लगायत भन्सार जाँचपाससँग सम्बन्धित निकायहरू समेत आबद्ध गरी निकासी पैठारी सङ्केत नम्बर (एक्जिम कोड) र बण्डेड वेयरहाउससम्बन्धी सम्पूर्ण कामकाजमा पूर्ण रूपमा विद्युतीय प्रणालीमा लैजाने पनि उनकाे भनाइ छ ।

महानिर्देशक पुडासैनीले अग्रिम यात्रु सूचना प्रणालीको माध्यमबाट यात्रुहरूको र कार्गो म्यानिफेष्टबाट मालबस्तुको पूर्व सूचना लिई जोखिम निर्धारण गर्ने, सबै भन्सार कार्यालयमा भन्सार राजस्व महसुल विद्युतीय भुक्तानी प्रणालीमार्फत मात्र भुक्तानी गर्ने, चोरी पैठारी नियन्त्रणका लागि संयुक्त गस्ती परिचालन गर्न सुरक्षा निकायहरूसँगको समन्वयलाई अझ प्रभावकारी बनाउने  प्रतिवद्धता व्यत गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *