२४.५० अंकले बढेर २,६५७ बिन्दुमा बढ्याे नेप्से परिसुचक
![२४.५० अंकले बढेर २,६५७ बिन्दुमा बढ्याे नेप्से परिसुचक](https://arthakoartha.com/wp-content/uploads/2024/07/sharebazar.jpg)
काठमाडाैं, १५ माघ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज नेप्से २४.५० अंकले बढेकाे छ । आज सेयर बजार मापक नेप्से परिसुचक ०.९३ प्रतिशतले बढेर २ हजार ६ सय ५७ बिन्दुमा पुगेको छ ।
यस दिन १ करोड ९६ लाख ८० हजार १९५ कित्ता सेयर ९ अर्ब ४० करोड २६ लाख ७८ हजारमा कारोबार भएको छ । आइतबार १ करोड ७२ लाख ५३ हजार ५७६ कित्ता सेयर ८ अर्ब ९२ करोड ४० लाख ६५ हजारमा काराेबार भएको थियो ।
आज कारोबार भएको बजारमा ११७ कम्पनीको सेयर मुल्य बढेको छ भन ६० वटाको घटेको छ। यस्तै ६ सेयरको मूल्य स्थिर रहेको छ ।
यस दिन उपकार लघुबीत्त, सिकलेस हाइड्राेपावर, थ्रि इस्टार हाइड्राेपावर र जानकि फाइनान्सकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने न्यादि हाइड्राेपावरकाे सेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ ।
यस्तै आज कुनै पनि सेयर मूल्यमा नकारात्मक सर्किट लागेकाे छैन ।