Date

शनि, माघ २६, २०८१
Sat, February 8, 2025

१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडाैं, १५  माघ । सरकारले थप १० अर्ब रुपैयाँ आन्तरिक ऋण लिने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० वर्षे विकास ऋणपत्र २०९१ बिक्री तथा निष्काशन गरी १० अर्ब रुपैयाँ उठाउन लागेको हो।

ऋणपत्र बोलबोल प्रक्रियाबाट निष्कासन हुने भएकोले बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकलाई कबोल पेश गर्न आह्वान गरिएको छ । विकास ऋणपत्र २०९१ नाम दिइएको उक्त ऋणपत्रमा मंगलबार बोलकबोल भएर १८ माघ शुक्रबार निष्कासन हुनेछ ।

ऋणपत्रको ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी हुने र ब्याजमा कर लाग्नेछ । १८ माघ २०९१ मा ऋणपत्र परिपक्व हुनेछ । ऋणपत्र धितोमा राखेर कर्जा लिनदिन सक्ने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

ऋणपत्रको ब्याजदर बोलकबोलबाट तय हुनेछ । निष्कासन हुने ऋणपत्रको ८५ प्रतिशतले हुने ८ अर्ब ५० करोड प्रतिस्पर्धी रुपमा र १५ प्रतिशतले हुने १ अर्ब ५० करोड अप्रतिस्पर्धी रुपमा बिक्री हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x