Shangrila

पशुपति क्षेत्रमा सन्राइज बैकको ४ वटा काउण्टर संचालन

काठमाडौं २,श्रावण । सन्राइज बैंक लिमिटेडले आफ्नो सेवा बिस्तार गर्ने क्रममा काठमाडौंको पशुपति क्षेत्रमा ४ वटा काउण्टर संचालनमा ल्याएको छ । बैंकले मंगलवारबाट पकाठमाडौंको पशुपति क्षेत्रका  तिलगंगा, वत्सलेश्वरी, महास्नान घर अगाडी र गुहेश्वरीमा पर्यटक प्रवेश काउण्टर संचालनमा ल्याएको हो ।

विभिन्न मुलुकहरुबाट भ्रमणका लागि पाशुपत क्षेत्रमा आउने गैर हिन्दु पर्यटकहरुलाई दिईने प्रवेशाज्ञा वापत बिक्रि गरिने पर्यटक प्रवेश शुल्कलाई समयानुकुल बैंकिङ्ग प्रणाली मार्फत टिकट विक्रीगरी पर्यटक प्रवेशको सुव्यवस्थापन प्रयोजनार्थ उक्त काउण्टरहरु संचालन ल्याएको बैंकले जनाएको छ ।

बैंकले हाल  ९० वटा शाखा, २२ वटा शाखा रहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, १०० वटा एटिएम मार्फत  ४ लाखभन्दाबढि ग्राहकहरुलाई वित्तिय सेवा प्रदान गर्दै आइरहेको छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *