Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नेपालको समृद्धिको अभियानमा जर्मनको साथ रहने

नेपालको समृद्धिको अभियानमा जर्मनको साथ रहने

काठमाडौ,१ साउन ।  नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदुत रोलाण्ड सेफरले नेपाल सरकारको रणनीतिक लक्ष्य “समृद्द नेपाल, खुसी नेपाली” हाँशिल गर्ने नेपाल सरकारको अभियानमा आफ्नो देशको पुरा साथ रहने कुरा बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सद्वारा आज राजधानीमा आयोजित “नेपाल-जर्मन दुई पक्षीय ब्यापार तथा लगानी” बिषयक अन्तरक्रियामा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

समृद्दिको लागि क्षेमता अभिवृद्दी महत्वपुर्ण हुने भन्दै उहाँले नेपाली ब्यापार-व्यवसायको प्रबर्धनको लागि नेपाली व्यापारिक समुदायको क्षेमता अभिबृद्दीको लागि तालिमहरुमा सहयोग गर्न सकिने पनि उहाँको कथन थियो । ब्यापारबाटै संसारका देशहरुले समृद्दिको सपना पुरा गरेको भन्दै नेपाल पनि त्यो बाटोमा हिड्नुपर्ने उहाँले बताउनुभयो ।

एक अर्को प्रसंगमा राजदुत सेफरले भन्नुभयो, “बिकासको लागि प्रयोग र अनुभव महत्वपूर्ण कुरा भएकोले बिकासको बाटोमा गरिने नयाँ प्रयोग नेपाल आफैले गर्नुपर्ने तर हाम्रो देशले जर्मनीको बिकासको अनुभव नेपालसंग बाँड्न तयार छ ।”

नेपालको नयाँ संरचना अनुसार व्यवस्था गरिएको अधिकारको विकेन्द्रीकरणको मोडेलमा नेपालको ब्यापार-व्यवसाय अघि बढेमा नेपालले तिब्र रुपमा बिकासको लक्ष्य हाँशिल गर्ने उहाँको बिश्वास थियो । यसको लागि नीजि क्षेत्रबाट नेपाल चेम्बर अफ कमर्सको भूमिका महत्वपूर्ण हुने भएकोले चेम्बरसंगको सहकार्यमा आफु तयार रहेको कुरा पनि उहाँले व्यक्त गर्नुभयो ।

सोहि कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालमा जर्मन लगानी भित्र्याउने सहि समय भएको कुरा बताउनुभएको छ । उहाँले भन्नुभयो, “नेपालमा स्थिर सरकार निर्माण भएको र वर्तमान सरकारको लक्ष्य पनि अत्येधिक बैदेशिक लगानी भित्र्याएर नेपाललाई समृद्द पार्ने रहेकोले नेपालमा जर्मन लगानीको उपयुक्त वातावरण बन्दै गएको छ ।”

प्रबिधि, शिक्षा र पर्यटनको क्षेत्रमा जर्मनीले महत्वपूर्ण योगदान दिएको कुरा समेत अध्यक्ष श्रेष्ठले बताउनुभयो ।भूकम्पपछिको पुनर्निर्माणमा जर्मनीले गरेको सहयोगआफुले सम्झिरहेको भन्दै नेपालको ब्यापार-व्यवसायको प्रबर्धनको लागि आउदा दिनमा पनि जर्मन सहयोग महत्वपूर्ण हुने उहाँको बिश्वास थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x