नेप्से ४.४५ अंकले घट्याे, ८ अर्ब ९५ करोडकाे काराेबार

काठमाडाैं, २३ माघ । बुधबार नेपाल स्टक एक्सचेञ्ज नेप्से ४.४५ अंकले घटेकाे छ । आज सेयर बजार मापक नेप्से परिसुचक ०.१६ प्रतिशतले घटेर २ हजार ७ सय ११ बिन्दुमा पुगेको छ ।
यस दिन १ करोड ९१ लाख ८१ हजार ४१४ कित्ता सेयर ८ अर्ब ९५ करोड ८० लाख ७ हजारमा कारोबार भएको छ । साेमबार १ करोड ६९ लाख १७ हजार ८३५ कित्ता सेयर ८ अर्ब ९१ करोड ९६ लाख ९७ हजारमा कारोबार भएको थियो ।
आज कारोबार भएको बजारमा ११३ कम्पनीको सेयर मुल्य बढेको छ भन १२२ वटाको घटेको छ । यस्तै ७ सेयरको मूल्य स्थिर रहेको छ ।
यस दिन उपकार लघुबित्त बित्तिय संस्था र छ्याङ्दी हाइड्रोपावर लिमिटेडकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सेन्ट्रल फाइनान्सकाे सेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ ।
यस्तै आज सामुदायिक लघुबित्त बित्तिय संस्था र कर्पोरेट विकास बैंक लिमिटेडकाे सेयर मूल्यमा नकारात्मक सर्किट लागेकाे छ ।