Date

सोम, माघ २८, २०८१
Mon, February 10, 2025

नेप्सेमा ११.४९ अंकको गिरावट, ८ अर्ब ३९ करोडकाे काराेबार

नेप्सेमा ११.४९ अंकको गिरावट, ८ अर्ब ३९ करोडकाे काराेबार

काठमाडाैं, २७ माघ । आइतबार नेपाल स्टक एक्सचेञ्ज नेप्से ११.४९ अंकले घटेकाे छ । आज सेयर बजार मापक नेप्से परिसुचक ०.४२ प्रतिशतले घटेर २ हजार ६ सय ८८ बिन्दुमा पुगेको छ ।

यस दिन १ करोड ५८ लाख ५५ हजार ६१० कित्ता सेयर ८ अर्ब ३९ करोड ८६ लाख ६० हजारमा कारोबार भएको छ । गत बिहिबार १ करोड ८६ लाख ८० हजार ३९२ कित्ता सेयर ९ अर्ब २४ करोड ७३ लाख ७५ हजारमा कारोबार भएको थियो ।

आज कारोबार भएको बजारमा ६८ कम्पनीको सेयर मुल्य बढेको छ भन १६८ वटाको घटेको छ । यस्तै ६ सेयरको मूल्य स्थिर रहेको छ ।

यस दिन सेन्ट्रल फाइनान्स कम्पनि र  गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने उपकार लघुबित्त बित्तिय संस्थाकाे सेयर मुल्य ६.०६ प्रतिशतले बढेको छ ।

यस्तै आज कुनै पनि कम्पनिकाे सेयर मूल्यमा नकारात्मक सर्किट लागेकाे छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x