Date

बुध, माघ ३०, २०८१
Wed, February 12, 2025

१ लाख ७० हजार नाघेकाे सुनकाे मूल्य बुधबार ताेलामा २७०० रूपैयाँले घट्याे

१ लाख ७० हजार नाघेकाे सुनकाे मूल्य बुधबार ताेलामा २७०० रूपैयाँले घट्याे

काठमाडौं, ३० माघ । बुधबार नेपाली बजारमा सुनचाँदीकाे मूल्यमा गिरावट आएको छ। मंगलबार ताेलामा ६०० रूपैयाँले बढेकाे सुनकाे मूल्य आज प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन मंगलबार सुन एक लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ९ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x