Date

शुक्र, बैशाख ५, २०८२
Fri, April 18, 2025

सुनको मूल्य प्रतितोला १ लाख ७० हजार नाघ्यो

सुनको मूल्य प्रतितोला १ लाख ७० हजार नाघ्यो

काठमाडाैं, २ फागुन । शुक्रबार पनि नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । बिहिबार एकैदिन ताेलामा २ हजार ३०० रूपैयाँले बढेकाे सुनकाे मूल्य आज प्रतिताेला ४०० रूपैयाँले बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनकाे भाउ आज ताेलाकाे एक लाख ७० हजार दुई सय रुपैयाँ निर्धारण भएकाे छ । हिजो सुनको भाउ एकैदिन तोलामा दुई हजार तीन सय रुपैयाँले बढेर तोलाको एक लाख ६९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि सामान्य बढेको छ । आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँले बढेर एक हजार नौ सय ७० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ६५ रुपैयाँमा कायम भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x